काेराेना सङ्क्रमितकाे सङ्ख्या ७० हजार नाघ्याे, २४ घण्टामा १ हजार ४५५ जना डिस्चार्ज

 असोज ९, २०७७ शुक्रबार १६:२२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० हजार ६ सय १४ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार तीन सय १३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १२ हजार दुई सय ६२ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार तीन सय १३ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा एक हजार चार सय ५५ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ५१ हजार आठ सय ६६ जना पुगेको छ ।  

अब नेपालमा १८ हजार दुई सय ८९ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ हजार चार सय ६४ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ५९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया