जाँड रक्सीकाे विज्ञापन गरिएका हाेर्डिङ बाेर्ड हटाउँदै ललितपुर महानगर

 असोज ९, २०७७ शुक्रबार १६:३२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाले जाँड रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड हटाउन थालेको छ । शुक्रबारदेखि अभियान नै चलाएर होर्डिङ बोर्ड हटाउन थालेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो ।

‘ललितपुरलाई सफा र स्वच्छ बनाउन जाँड, रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड हटाउन सुरु भइसकेको छ, केही दिनमा यो अभियान सकिने छ’, उहाँले भन्नुभयो ।

यसअघि ललितपुर महानगरपालिकाका सडक पेटी अतिक्रणविरुद्धको अभियान चलाइएको थियो । फुटपाथ कब्जा गरी सञ्चालन भइरहेका व्यापार, व्यवसाय हटाएर समग्र फुटपाथ व्यवस्थापन गर्ने तयारी भएको नगर प्रहरी बलका प्रमुख हाछेथुले बताउनुभयो । 

ट्राफिक प्रहरी पूर्वनिरीक्षक सीताराम हाछेथु गएकाे भदाै १४ गते ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखमा नियुक्त हुनुभएको थियाे ।

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया