अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – सरकारले कोरोना सङ्क्रमितको उपचारमा प्रयोग भइरहेको रेम्डेसिभिर औषधि निःशुल्क पाइने बताएको छ । रेम्डेसिभिर औषधिमा कालोबजारी भएको, सरकारले उपलब्ध नगराएको जस्ता गुनासो बढेको भन्दै सरकारले कोरोना सङ्क्रमितको उपचार हुने स्वास्थ्य संस्थामा यो औषधि निःशुल्क उपलब्ध गराइरहेको बताएको हो ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले रेम्डेसिभिर औषधि कोरोना सङ्क्रमितको उपचारका लागि मान्यता प्राप्त औषधि नभइ क्लिनिकल परीक्षण भइरहेको औषधि भएकोले बिरामीको इच्छा अनुसार मात्र प्रयोग भैरहेको बताउनुभयो ।
यो औषधिले सङ्क्रमण भएर अस्पतालमा बसेका बिरामीहरुलाई केही चाँडो डिस्चार्ज गर्न सहयोग गरिरहेकोले प्रयोग भइरहेको र आवश्यकताअनुसार प्रयोग भइरहेको पनि उहाँले बताउनुभयो ।
कोरोना सङ्क्रमितको उपचारको लागि अहिलेसम्म कुनै पनि औषधि पत्ता लागि नसकेको भन्दै ढकालले अहिले प्रयोग भइरहेका लक्षणअनुसार उपचार गर्ने औषधिहरु नेपालमा अभाव नरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।