अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमणका कारण रोकिएको लोक सेवा आयोगको परीक्षा दशैँ लगत्तै हुने भएको छ । आयोगले सार्वजनिक सूचना निकालेर आउँदो कात्तिक १८ गतेदेखि परीक्षा सुरु गर्ने जनाएको हो ।
आयोगका अनुसार न्याय सेवातर्फको अधिकृत तहको जाँच कात्तिक १८ गते प्रथम, १९ गते द्वितीय र २० गते तृतीय विषयको परीक्षा हुनेछ ।
त्यस्तै व्यवस्थापिका संसद् सेवाको २१ र २२ गते हुनेछ । आयोगले परराष्ट्र सेवा, सामान्य प्रशासन सेवा, लेखापरीक्षण र संसद् सेवातर्फको परीक्षा कात्तिक २३ गतेदेखि २७ गतेसम्म हुने जनाएको छ ।
यस्तै नासु तहको परीक्षा मङ्सिर ७ गतेदेखि सुरु हुनेछ । सुब्बाको द्वितीय पत्र समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापनको परीक्षा ७ गते र तृतीय पत्र सेवाअनुसार ८ गतेदेखि १२ गतेसम्म निरन्तर हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।