ललितपुरका मेयरलाई कोरोना सङ्क्रमण

 असोज ९, २०७७ शुक्रबार १८:४१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँ होम आइसोलेशनमा बस्नुभएको ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले उज्यालोलाई जानकारी दिनुभयो ।

बिहीबार दिउँसो ज्वरो आएकाे र औषधि प्रयोग गर्दासमेत ज्वरो कम नभएपछि मेयर महर्जनले स्वाब परीक्षणका लागि नमुना दिनुभएको थियो । शुक्रबार उहाँको रिपोर्ट पोजेटिभ आएको हो ।

मेयर महर्जनका परिवारका सदस्यको भने अब पाँच दिनपछि स्बाब परीक्षण गरिने जनाइएको छ ।  

अन्तिम अपडेट: असोज १२, २०७७

तपाईको प्रतिक्रिया