पीएम कप : पुलिसले लुम्बिनीलाई दियाे ३११ रनकाे लक्ष्य
माघ ८, २०७७ बिहिबार
छबि बास्तोला नेचासल्यान, सोलुखुम्बु
बिर्से गाउँका पाइला दरबार पुगेपछि
चमत्कार त्यो समृद्धि ठगदार पुगेपछि ।
आफ्नै लागि मरिमेट्ने बिर्सिएर अरुलाई
भुल्दछन् घोषणापत्र सरकार पुगेपछि ।
बेरोजगारी भोकमरी हत्या हिंसा जताततै
धैर्यताको बाँध फुट्छ अत्याचार पुगेपछि ।
शान्ति छैन अमन चयन भताभुङ्ग छ
गाउँबस्ती जताततै मारामार पुगेपछि ।
गाउँ-गाउँमा सिंहदरबार भुकिरहेछन्
गरिबको आत्महत्या व्ययभार पुगेपछि ।