अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - कोरोना परीक्षणको लागि तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशालासँग सरकारले आज छलफल गर्दैछ ।
दिउँसो १ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तोकेको भन्दा धेरै शुल्क लिने निजी प्रयोगशालासँग छलफल गर्न लागेको मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
सरकारले भदौ २८ गते पीसीआर परीक्षणको शुल्क चार हजार पाँच सयबाट घटाएर दुई हजार रुपैयाँ कायम गरेको छ । तर धेरै निजी प्रयोगशालाले भदौ १५ मा तोकिएअनुसार नै ४ हजारदेखि ४ हजार ४ सय रुपैयाँसम्म लिइरहेका गुनासो आएपछि छलफल गर्न लागेको उहाँले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका अनुसार सचिवस्तरीय बैठकले अस्ति शुक्रबार बढी शुल्क लिने प्रयोगशालालाई हदैसम्म कारबाही हुने निर्णय गरेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गृह-मन्त्रालयलाई जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अस्ति शुक्रबारदेखि नै २ हजार रुपैयाँमा पीसीआर गराउन निर्देशन दिँदै सूचना पनि निकालेको छ ।
अब पनि बढी शुल्क लिए अनुमति खारेज गर्नेसम्मको चेतावनी प्रयोगशालाले दिइएको छ । सरकारले निजी र सरकारी गरी देशभरका ३६ वटा प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति दिएको छ ।
तर थोरैले मात्र सरकारले तोकेको शुल्कमा परीक्षण गराइरहेका पाइएको छ । निषेधाज्ञा हटेसँगै काठमाण्डौ उपत्यका भित्रिनेको सङ्ख्या बढेको छ । कार्यालय र घरबेटीले कोरोनाको नेगेटिभ रिपोर्ट खोजेपछि परीक्षण गराउनेको संख्या निकै बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।