दशैंको लागि सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड

 असोज १२, २०७७ सोमबार १२:४५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालीहरुको महान चाड दशैंको अवसरमा सानिमा बैंकले निःशुल्क क्रेडिट कार्डकाे याेजना ल्याएकाे छ । बैंकले 'यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा' नारासहित यस्ताे याेजना ल्याएकाे हाे । 

यो योजना १२ असाेजदेखि असाेज मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुने बैंकले जनाएकाे छ । यस याेजनाअनुसार सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिने भएकाे छ । यसैगरी पहिलो ५० जना ग्राहकहरुले अनलाइन सपिङ पोर्टल दराजमा ३ हजार रुपैयाँ र बराबरको सामान खरिद गर्दा ५ सय रुपैयाँको निःशुल्क भौचरसमेत प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।

साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया