बैंकको व्यवहार मन परेन ? राष्ट्र बैंकमा उजुरी गर्नुहोस्

 असोज १२, २०७७ सोमबार १७:२९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बैंक तथा वित्तीय संस्थाको बारेमा कुनै गुनासो या समस्या भएमा नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिने भएको छ ।

बैंक तथा वित्तीय संस्थाको सेवा तथा व्यवहारमा चित्त नबुझेमा उजुरी गर्नको लागि नेपाल राष्ट्र बैंकले ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७’  जारी गरेको छ  । कार्यविधि अनुसार बैंक तथा वित्तीय संस्थाका काम कारबाही र व्यवहारको बारेमा आएका गुनासो सम्बोधन गर्न राष्ट्र बैंकका डेपुटी गभर्नरको संयोजकत्वमा आठ सदस्यीय समिति गठन हुनेछ ।

समितिमा अर्थ मन्त्रालयका सहसचिव, बैंकर्स सङ्घका अध्यक्षदेखि उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि रहने व्यवस्था छ । कार्यविधिमा के कस्ता विषयमा उजुरी गर्ने, कहाँ उजुरी गर्ने र उजुरीको प्रक्रियाका बारेमा उल्लेख गरिएको छ । 

यस्तो छ, ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि २०७७

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया