सुन चाँदीको भाउ बढ्यो

 असोज १३, २०७७ मंगलबार १०:४९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज सुन चाँदीको भाउ बढेको छ ।

सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९३ हजार ३ सय रुपैयाँ थियो । हिजो भाउमा घटबढ भएको थिएन । यस्तै आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ ।

चाँदी आज तोलाको १ हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।
 

अन्तिम अपडेट: असोज १५, २०७७

तपाईको प्रतिक्रिया