नेप्से ७ अङ्कभन्दा धेरैले घट्यो

 असोज १३, २०७७ मंगलबार १८:०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेप्से परिसूचक मङ्गलबार ७ दशमलव २१ अङ्कले घटेको छ । परिसूचक घटेर १५ सय ५३ दशमलव ६२ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

मङ्गलबार जलविद्युत्, उत्पादनमूलक र म्युचल फण्ड बाहेक सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ४५ अङ्कले घटेको छ ।

मङ्गलबार १९३ कम्पनीको शेयर कारोबारमा एक अर्ब ८२ करोड ९८ लाख रुपैयाँ बराबरका ७३ लाख कित्ता शेयर किनबेच भएको छ । मङ्लगबार अरुण काबेली पावर लिमिटेडको सबैभन्दा धेरै १७ करोड ४१ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।

परिसूचक घटेको भए पनि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले मङ्गलबार १० प्रतिशत कमाएका छन् । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडलगायत ११ वटा अरु कम्पनीले पनि नाै प्रतिशतभन्दा धेरै कमाएका छन् ।

सपोर्टस लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले भने ३ दशमलव ६२ प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया