आईएमई पे र लालबन्दी खानेपानीबीच सम्झौता, ६ हजार ५१४ घरधुरी लाभान्वित हुने

 असोज १४, २०७७ बुधबार १९:२१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईएमई पे र लालबन्दी खानेपानीबीच सम्झौता भएको छ । सम्झौताअनुसार त्यस क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आईएमईका एजेण्ट पार्टनरहरु वा आईएमई पे वालेटमार्फत भुक्तान गर्न सक्नेछन् । 

सम्झौता पत्रमा आईएमई पे का तर्फबाट आईएमईका प्रदेश नम्बर २ इन्चार्ज अरुणकुमार भण्डारी र लालबन्दी खानेपानी प्रमुख मुकुन्दकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौताबाट ६ हजार पाँच सय १४ घरधुरी लाभान्वित हुने आईएमई ग्रुपले जनाएको छ । 

झण्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको आईएमई पे आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया