मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको ज्यान गयो
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधबार सामान्य घटेको छ । नेप्से ३ दशमलव १९ अङ्कले घटेर १५ सय ५० दशमलव ४३ विन्दुमा झरेको हाे ।
विकास बैंक, जलविद्युत् र फाइनान्सबाहेक अरु समूहको शेयर सामान्य घटेको छ । जीवन बीमा समूहकाे शेयर ३५ दशमलव सात, निर्जीवन बीमा समूहकाे ५१ दशमलव ५५ र व्यापार समूहको शेयर ११ अङ्कले घटेको छ ।
बुधबार एक सय ९० वटा कम्पनीका ८० लाख १९ हजार कित्ता शेयर एक अर्ब ९५ करोड रुपैयाँमा खरिद बिक्री भए । आठ वटा हाइड्रोपावर र दुई विकास बैंकको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको नेपाल स्टक एक्स्चेन्ज लिमिटेडले जनाएको छ ।