किसान सूचीकरण कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार र किसान सक्...
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक पेएज यूगो योजना ल्याएको छ । यस याेजनाअन्तर्गत ग्राहकले करबाहेक ४० पैसाप्रति एमबीसम्ममा डेटा सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
यो योजना यहि बुधबारदेखि लागू भएको छ । पेएजयूगो अर्थात् मेन ब्यालेन्सबाटै विद्यमानप्रति एमबी करबाहेक दुई रुपैयाँमा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई ध्यानमा राखेर सुलभ दरमा सेवा प्रदान गर्न यो योजना ल्याइएको एनसेलले जनाएकाे छ।
यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ । एक हप्तामा ग्राहकले २० देखि ५० रुपैयाँसम्म डेटा सेवामा खर्च गर्ने बित्तिकै सेवा प्रयोगका लागि प्रति एमबी शुल्क एक रुपैयाँमा झर्दछ ।
साप्ताहिक चक्रमा हरेक हप्ता आइतबारदेखि शनिबारसम्ममा ग्राहकले पेएज यूगो डेटा अन्तर्गत गरेको खर्चको आधारमा यो योजना संचालन हुने एनसेलले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।