अग्रिम महसुल तिरेर छुट लिन विद्युत् प्राधिकरणको आग्रह

 असोज १६, २०७७ शुक्रबार ८:२७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणले आफैँ मिटर रिडिङ गरी अग्रिम महसुल भुक्तानी गरेर २५ प्रतिशतसम्म छुट लिन आग्रह गरेको छ ।

प्राधिकरणले सूचना निकालेर छुट लिन तथा जरिवानाबाट बच्न ग्राहकलाई आग्रह गरेको हो । केही दिन पहिले प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ग्राहकलाई जरिवाना नलिन निर्देशन दिनुभएको थियो ।

मन्त्री पुनको निर्देशनअनुसार प्राधिकरणले सूचनामार्फत् अग्रिम भुक्तानी गर्न र २५ प्रतिशतसम्म छुट लिन आग्रह गरेको हो । प्राधिकरणका अनुसार मिटर रिडर मिटर पढ्न नआएमा वा बिल प्राप्त नभएमा ग्राहकले सम्बन्धित कार्यालयमा सम्पर्क गरी बिल लिन सक्ने जनाएको छ ।

नियमानुसार ग्राहकले मिटर रिडिङ हुने दिनसमेत गरी ७ दिनभित्र बिल भुक्तानी गर्दा बिल रकममा २५ छुट पाइन्छ । यस्तै ८ औंं दिनदेखि १५ औं दिनसम्म बुझाएमा बिल रकम मात्र बुझाए हुने व्यवस्था छ । नियमानुसार १६ औं दिनदेखि ३० औं दिनसम्म बुझाएमा पाँच प्रतिशत थप शुल्क लाग्छ ।

३१ औं दिनदेखि ४० औं दिनसम्म बुझाएमा १० प्रतिशत र ४१ औं दिनपछि भने २५ प्रतिशत थप दस्तुर लाग्छ । ६० औं दिनभित्र पनि महसुल भुक्तानी नभएका जुनसुकै समयमा लाइन काट्न सकिने व्यवस्था छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया