प्रदेश ५ काे राजधानी दाङकाे भालुवाङलाई बनाउने प्रस्ताव प्रदेश सभामा पेस

 असोज १६, २०७७ शुक्रबार १४:५०:५० | हेमराज शर्मा
unn.prixa.net

दाङ – प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेस गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभा बैठकमा प्रदेश ५ काे नाम लुम्बिनी प्रदेश र दाङकाे भालुवाङलाई केन्द्रमा राखेर देउखुरी प्रदेश ५ काे स्थायी राजधानी बनाउने प्रस्ताव पेस गर्नुभएको छ ।

केहीबेरअघि सुरु भएकाे बैठकमा प्रस्ताव पेस भएको हो । यो प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुङ्गो लाग्ने छ । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिएको थिएन ।

रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेश सभामा मतभेद रहेको छ । यसअघि वाग्मती प्रदेशको राजधानीबारे पनि नेकपाको केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो भने प्रदेश ५ को राजधानीका लागि पनि नेकपाका दुई जना अध्यक्षबीच सहमति भएपछि प्रदेश सरकारले निर्णय गरेको बताइएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया