कर घटाउने सरकारकाे निर्णय स्वागतयोग्य : व्यवसायी

 असोज १६, २०७७ शुक्रबार १९:१२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – करकाे दर र अन्त:शुल्क घटाउने सरकारको निर्णय स्वागतयोग्य भएको व्यवसायीहरुले बताएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले करका दर र अन्त:शुल्क घटाउने निर्णय गरेपछि व्यवसायीहरुले उत्साहित हुँदै स्वागतयोग्य कदम भनेका छन् ।

सरकारले गरेको करका दर र अन्त:शुल्क घटाउने निर्णय बिहीबार नै राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आइसकेको छ । खासगरी विद्युतीय सवारीसाधनमा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत अन्त:शुल्क बढाउने निर्णय गरेको थियो । तर बिहीबार फेरि अन्त:शुल्क घटाउने निर्णय गरेपछि अटोमोबाइल्स व्यवसायीहरुले पनि स्वागतयोग्य भनेका छन् ।

विद्युतीय सवारीसाधनमा अन्त:शुल्क घटाउनु स्वागतयोग्य भएको नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बताउनुभयो । यस्तै सवारीसाधन खरिदमा न्यूनतम ५० प्रतिशत डाउनपेमेन्ट गर्ने व्यवस्थालाई पनि सरकारले घटाइदिनुपर्ने उहाँले बताउनुभयो । सवारीसाधनको डाउन पेमेन्टलाई ५० प्रतिशतबाट घटाएर १० प्रतिशतमा कायम गर्ने व्यवस्था गरिदिन पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आयातित वस्तुमा लिने अन्त:शुल्क र करका दर घटाउँदा सरकारको राजस्व झनै बढ्ने बताउनुभयो । अन्त:शुल्क घटाउँदा सबै सामान वैधानिक माध्यमबाट आउने र आयातको आकार बढ्ने हुँदा राजस्व पनि बढ्ने उहाँको भनाइ छ ।

त्यस्तै कर घटाउँदा कम मूल्यमा वस्तु बिक्री गर्न सक्ने भएकाले उत्पादन पनि बढ्न जाने र त्यसबाट रोजगारी बढ्ने भएकाले राजस्वमा स्वतः वृद्धि हुने श्रेष्ठले बताउनुभयो ।

व्यवसायीहरुले आयातित वस्तुको अन्त:शुल्क घटाउनु सकारात्मक भए पनि भन्सार प्रक्रियामा सुधारको आवश्यकता रहेको बताएका छन् ।

भ्याट फिर्तालगायत विषयमा अझै पनि प्रक्रिया नमिल्दा लागत बढ्न गइ उपभोक्तालाई मूल्यमा मार परेको व्यवसायीको तर्क छ । यही कारण देशमा राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको पनि व्यवसायीकाे भनाइ छ । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया