एटीएम कार्डको पिन सुरक्षित गर्न बैंक अफ काठमाण्डू लिमिटेडले ल्यायो ग्रीन पिन सुविधा

 असोज १७, २०७७ शनिबार ८:४०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  बैंक अफ काठमाण्डू लिमिटेडले ग्रीन पिन सेवा सुरु गरेको छ । आफ्नो कार्ड बाहक ग्राहकहरुलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रीन पिन सुविधा ल्याएको हो । 

यसबाट बैंकको नयाँ ग्राहकहरुले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहकहरुले आफ्नो कार्डको पिन रिसेट गर्न सक्ने काठमाण्डू लिमिटेडले जनाएको छ ।

नयाँ कार्डबाहक ग्राहकहरुले कार्ड बैंकबाट संकलन गरेपछि एटीएममा गई सहज रुपमा कार्ड एटीएममा राखेर “inter your otp” मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्नेछन् । त्यसपछि कार्ड बाहक ग्राहकले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा ६ अंक ओटीपी प्राप्त गर्नेछन् । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको ओटीपी प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सकिने बैंकले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया