भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

 असोज १७, २०७७ शनिबार ११:३०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ ।

गएको २४ घण्टामा एक हजार ७१ जनाको ज्यान गएसँगै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८ सय ७५ पुगेको वल्डोमिटरले जनाएको छ ।

यस्तै २४ घण्टामा झण्डै ८० हजारको रिपोर्ट पोजेटिभ आएसँगै भारतमा सङ्क्रमितको संख्या ६४ लाख ७१ हजार नाघेको छ । कोरोना सङ्क्रमित धेरै भएको देशको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा ५४ लाख २५ हजार निको भएका छन् ।

कोरोना सङ्क्रमण निको हुनेमा भारत विश्वमै सबैभन्दा अगाडि रहेको हो । यसले निकै राहत दिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया