‘परिवार एक ढिक्का देखाउन श्रीमानकाे थर अपनाउँछन् विकसित देशका महिला’

 असोज १७, २०७७ शनिबार १४:२९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिका, बेलायत जस्ता विकसित देशमा पनि विवाहपछि श्रीमानकाे थर अँगाल्ने महिलाको सङ्ख्या बढ्दै गएको छ । 

हालै भएको एउटा अध्ययनअनुसार अमेरिकामा ७० प्रतिशत र बेलायतमा झण्डै ९० प्रतिशत महिलाले विवाहपछि श्रीमानकाे थर अँगाल्ने गरेको पाइएको बीबीसीले जनाएको छ । 

यस्तै बेलायतमा ११ प्रतिशत महिलाले आफ्नो र श्रीमान दुवैको थर मिसाएर प्रयोग गरेको पाइएको खबरमा उल्लेख छ । केही दम्पतीले दुवैको थर मिसाएर प्रयोग गर्ने गरेको पाइए पनि त्यो ज्यादै कम सङ्ख्या रहेको बीबीसीले जनाएको छ । 

महिलाले विवाहपछि पुरुषको थर राख्नुमा पितृसत्तात्मक शक्तिको जड र असल परिवारको आदर्शका रुपमा लिइएको पाइएको छ । कतिपयले बाबु र आमाको अलग-अलग थर हुँदा छोराछोरीमा मानसिक असर पर्ने खतरा रहेको भन्दै श्रीमान-श्रीमती र बच्चाहरुलाई एक ढिक्का बनाउन श्रीमानकाे थर अँगालेको बताएका अध्ययनकर्ता डङ्कनलाई उदृत गर्दै बीबीसीले जनाएको छ । 

अध्ययनमा सहभागी केही महिलाहरुले भने जीवनसाथीको नाम अपनाउनु सम्बन्धप्रति आफ्नो प्रतिवद्धता र बाहिरी दुनियाँलाई आफूहरुबीच एकता रहेको देखाउने तरिका रहेको पनि बताएका खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया