सुनको भाउ तोलामा दुई सय रुपैयाँ बढ्यो

 असोज १८, २०७७ आइतबार ११:६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा २ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया