एनसेलले ल्यायो ‘कुरै कुरामा उपहार’ योजना

 असोज १८, २०७७ आइतबार २०:१९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेलले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै 'कुरै कुरामा उपहार’ योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्टिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउने छन् । 

एनसेलका अनुसार प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन्, त्यति नै धेरै उपहार जित्ने मौका पाउने भएका छन् । याे योजना आइतबार (असोज १८) देखि लागू भएर आठ हप्ता अर्थात् मङ्सिर १३ गतेसम्म कायम रहने एनसेलले जनाएको छ । 

एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै योजनामा निःशुल्क सहभागी हुन सक्नेछन् । यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकहरुमध्ये प्रत्येक प्रदेशबाट हरेक दिन ए सय जना भाग्यशाली ग्राहकहरुलाई उपहार दिइने एनसेलले जनाएको छ । 

दैनिक उपहार अन्तर्गत ग्राहकले दुई सय रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनको लागि मान्य रहने एनसेलले जनाएको छ । साथै हप्ताभरि धेरै कुरा गर्ने ग्राहकहरुमध्ये सातै प्रदेशका एक/एक जना गरी सात जना भाग्यशाली ग्राहक छनोट गरिने योजना रहेको छ । प्रत्येक भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सी एम ०१ एस ह्याण्डसेट उपहार स्वरुप प्राप्त गर्ने एनसेलले जनाएको छ । 

त्यसैगरी यो योजना अवधिभर सबैभन्दा बढी मिनेट कुरा गर्ने दुई ग्राहकले बम्पर उपहार प्राप्त गर्नेछन् । बम्पर उपहारमा सामसुङ ग्यालेक्सी नोट २० रहेको छ ।  

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया