आईएमई पे एप १ मिलियन क्लबमा : मोबाइल उपहारको अफर

 असोज १९, २०७७ सोमबार ९:१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आइएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडले प्रयाेगमा ल्याएकाे ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीहरूको संख्या १० लाखभन्दा बढी पुगेको छ । 

डाउनलोड १० लाख पुगेको अवसरमा ‘आइएमई पे’ बाट मोबाइल टप-अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहारस्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ ।

यससहित एप डाउनलोड गरेर आफैं वा एजेन्टको सहयोगमा 'आइएमई पे' बाट ३० लाखभन्दा बढी सेवाग्राही लाभान्वित हुँदै आएका छन् । डाउनलोड १० लाख पुगेको अवसर मा ‘आइएमई पे’ बाट मोबाइल टप अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहारस्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना अक्टोबर १५ सम्म कायम हुनेछ ।

विद्युतीय कारोबारलाई प्राथमिकता दिने सरकारी नीतिअनुरुप कम्पनीले आफ्नो सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लगेको जनाएको छ । कम्पनीले एपमार्फत प्राप्त गर्न सकिने सेवालाई विविधीकरण गर्दै सेवाग्राहीहरुको मागअनुरुपका सेवा थप गर्ने कार्यमा निरन्तर अगाडि बढिरहेको जनाएको छ ।

 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया