अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज

 असोज २०, २०७७ मंगलबार ६:१८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । 

कोरोना रिपोर्ट पोजेटिभ आएपछि तीन दिनअघि अस्पताल भर्ना भएका ट्रम्प डिस्चार्ज हुनुभएको हो ।

उहाँले छिट्टै नै चुनाव प्रसार सुरु गर्ने बताउनुभएको छ । ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर लैजानु सुरक्षित भएकाले अस्पतालबाट डिस्चार्ज गरिएको डाक्टरले बताएका छन् । राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना सबै काम गर्ने तय भएको बीबीसीले जनाएको छ । 

अब उहाँको उपचार ह्वाइट हाउसमै हुनेछ । ३ नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग ट्रम्प प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । अमेरिकी राष्ट्रपतिको चुनाव  हुन लगभग १ महिना  बाँकी हुँदा ट्रम्प कोरोना भाइरस सङ्क्रमित हुनुभएको हो ।  


 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया