सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढ्यो

 असोज २०, २०७७ मंगलबार १०:५६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया