१२ वर्षपछि यतीको सिमरा उडान सुरु

 असोज २१, २०७७ बुधबार १४:१८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यती एअरलाइन्सले बुधबारदेखि राजधानी काठमाण्डाै नजिकको सिमरा गन्तव्यमा उडान सुरु गरेको छ ।  

कम्पनीले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान सुरु गरेको हो । यो यतीको नवाैँ र प्रदेश नं.२ मा दोस्रो गन्तव्य हो ।  

एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर बुधबारदेखि सिमरा उडान सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नाइन एन एएलएच 9N-AIH  कल साइन भएको जेटईस्ट्रीम–४१ विमानमार्फत बुधबार बिहान ९ :१० बजे पहिलो उडान भरेको छ । दाेस्रो उडान साँझ पौने पाँच बजे हुनेछ । ‘अब सिमरा नियमित रुपले दैनिक दुई उडान हुनेछन् र यात्रुहरुको माग भए उडान सङ्ख्या थप गर्न सकिनेछ । उच्च सर्तकता अपनाएर उडान सुरु गरेकोले यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध छ’, प्रवक्ता बर्तौलाले भन्नुभयो । 

बुधबार पहिलो दिन काठमाण्डाै–सिमरा–काठमाण्डाै उडान गर्ने यात्रुमध्ये गोला प्रथामार्फत एक जनालाई निः शुल्क हवाई टिकट उपलब्ध गराइएकाे समेत उहाँले जानकारी दिनुभयो ।

यतीले अहिलेकाे लागि प्रमोशनल भाडा काठमाण्डाै–सिमरा–काठमाण्डाैकाे एकतर्फी भाडादर एक हजार नौ सय ९९ रुपैयाँ तोकेको छ । यी गन्तव्यको टिकटहरु एअरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिनेछ । 

२०५५ देखि सेवा प्रारम्भ गरेको यतीकाे अहिले एटीआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनअटर विमान चार गरी १४ जहाज सञ्चालनमा रहेका छन् । यती एअरलाइन्सले अहिले पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाण्डाै र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।  

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया