श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनलाई दुई तिहाइ
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै - ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख नाघेको छ । कोरोना सङ्क्रमित धेरै भएको देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ६ सय ९४ पुगेको हो ।
त्यहाँ गएको २४ घण्टामा मात्रै साढे ३१ हजारमा कोरोना पुष्टि भएको बीबीसीले जनाएको छ । सङ्क्रमित धेरै भएका देशको सूचीमा ब्राजिल तेस्रो स्थानमा भए पनि ज्यान गुमाउनेको सूचीमा दोस्रो स्थानमा छ । ब्राजिलमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या झण्डै डेढ लाख पुगेको छ ।
त्यहाँ अहिलेसम्म १ लाख ४८ हजारभन्दा धेरैको ज्यान गएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । सङ्क्रमितको हिसाबले ब्राजिलभन्दा अघि संयुक्त राज्य अमेरिका पहिलो र भारत दोस्रो स्थानमा छन् । अमेरिकामा अहिलेसम्म ७७ लाख ७२ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १६ हजारको ज्यान गएको छ । ४९ लाख ७४ हजार निको भएका छन् । यस्तै ६८ लाख ३२ हजारमा कोरोना पुष्टि भएको भारतमा एक लाख ५ हजारको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।