फिनल्याण्डमा १६ वर्षीया किशोरी एक दिनका लागि प्रधानमन्त्री बनिन्

 असोज २२, २०७७ बिहिबार १३:१२:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन देशको सबैभन्दा युवा प्रधानमन्त्री हुनुहुन्छ । तर भर्खर मात्रै उहाँले प्रधानमन्त्रीको पद एक दिनका लागि १६ वर्षीया एक किशोरीलाई सुम्पिनुभएको छ ।

सन्ना मरिनले किशोरीहरुको अवाज बुलन्द गर्नको लागि यस्तो कदम उठाउनुभएको हो । किशोरीहरुको अधिकारलाई बढावा दिनका लागि सन्ना मरिनले दक्षिण फिनल्याण्डको वास्कीमा रहने १६ वर्षीया किशोरी आभा मुर्टाेलाई एक दिनको लागि प्रधानमन्त्रीको कुर्सी सुम्पिनुभएको हो । प्रधानमन्त्रीको पद पाएपछि आभाले यो दिन आफ्नो लागि निकै रोमाञ्चक दिन भएको बताएकी छिन् । 

सञ्चारमाध्यमसँग भेटघाट, चान्सलरसँग बैठक

आभाले देशको प्रधानमन्त्री बन्दाको क्षण निकै खास भएको बताएकी छिन् । प्रधानमन्त्रीको रुपमा उनले न्यायका चान्सलरसँग बैठक पनि गरेकी थिइन् र यस क्रममा उनले सञ्चारमाध्मयसँग कुराकानी पनि गरेकी थिइन् ।

आभाले जलवायु परिवर्तन र मानव अधिकारसँग जोडिएका मुद्दाको सक्रिय रुपमा प्रचारप्रसार गर्दै आएकी छिन् । उनलाई गर्ल्स टेकओभर नामक अभियानमार्फत एक दिनका लागि प्रधानमन्त्री बनाइएको हो । यो अभियानको मुख्य उद्देश्य किशोरीहरुको डिजिटल क्षमता निखार्न र अवसरको बारेमा जानकारी दिनु हो ।  

कस्तो रह्यो अनुभव ?

यस अभियानको एक प्रमुख प्रयास भनेको महिलाविरुद्ध लगातार अनलाइन प्लेतफर्ममा बढिरहेको उत्पीडन सबैको अघि ल्याउनु थियो । एक दिनको लागि प्रधानमन्त्री बनेकी आभाले यस खास दिनमा धेरै कुरा सिकेको बताइन् । 

किशोरीहरुले सञ्चार र प्रविधिको क्षेत्रमा किशोरले भन्दा राम्रो तरिकाले काम गर्न सक्ने महसुस गर्नुपर्ने उनले भनिन् । आभाका अनुसार जसको उमेर १८ वर्षभन्दा धेरै छ, उनीहरुले अझै सिर्जनात्मक बन्ने कोसिस गर्नुपर्छ । 

के हो अभियान ?

यद्यपि एक दिनका लागि प्रधानमन्त्री बनेकी आभाले कुनै नयाँ कानुन त बनाइनन् तर यस क्रममा उनले विभिन्न नेतासँग भेट गरिन्, जो सञ्चार र प्रविधिको क्षेत्रमा महिला अधिकारको लागि काम गरिरहेका छन् ।   

गर्ल्स टेकओभर नामको अभियान विश्वका कैयौँ देशमा चलाइएको छ, जसअनुसार किशोरीहरुलाई राजनीतिक क्षेत्रमा एक दिनको लागि कदम राख्ने अनुमति दिइन्छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया