फेसबुक र वर्ल्ड लिङ्कबीच साझेदारी, ७५ सय ठाउँमा एक्सप्रेस वाईफाई सेवा दिइने

 असोज २२, २०७७ बिहिबार १६:३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालका सार्वजनिक ठाउँमा एक्सप्रेस वाईफाई सेवा दिनको लागि वर्ल्ड लिङ्क र फेसबुकबीच साझेदारी भएको छ ।

नेपालभरका ७५ सय सार्वजनिक ठाउँमा एक्सप्रेस वाईफाई सेवाको लागि फेसबुकले वर्ल्ड लिङ्कलाई पूर्वाधार र प्रविधि उपलब्ध गराउनेछ । 

अहिले पनि वर्ल्ड लिङ्कले देशभरका १० हजार ठाउँमा वाईफाई सेवा दिइरहेको तर अब सात हजार पाँच सय ठाउँमा फेसबुकसँगको सहकार्यमा एक्सप्रेस वाईफाई सेवा सुरु भएको वर्ल्ड लिङ्कले जनाएको छ । 

बिहीबार भएको भिडिओ कन्फ्रेन्समार्फत दुवै कम्पनीले एक्सप्रेस वाईफाईको लागि सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् । फेसबुकका ग्रोथ म्यानेजर अमित सिंहले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । 

नेपालमा इन्टरनेटको माग उच्च भइरहेको बेला सार्वजनिक ठाउँमा एक्सप्रेस वाईफाई सेवा दिँदा लाखौँ नागरिक लाभान्वित हुने सिंहको भनाइ छ  । 

कार्यक्रममा वर्ल्ड लिङ्कका अध्यक्ष दिलीप अग्रवालले फेसबुकले वर्ल्ड लिङ्क सँग जोडिएर सेवा दिनु खुसीको कुरा भएको बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया