सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढ्याे

 असोज २३, २०७७ शुक्रबार १०:४५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा २ सय रुपैयाँ घटेकोे सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएकाे थियो ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।  

अन्तिम अपडेट: असोज २६, २०७७

तपाईको प्रतिक्रिया