विदेशी रक्सीकाे आयात खुल्यो

 असोज २५, २०७७ आइतबार १८:१७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले विदेशी तयारी रक्सीको आयात खुला गरेको छ ।

२०७६ सालको चैत २४ गते राजपत्रमा भएको व्यवस्था संशोधन गरेर सरकारले विदेशी तयारी रक्सीको आयातमा रोक लगाएको थियो । तर यही असोज २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले राजपत्रमा भएको व्यवस्था संशोधन गरेर रक्सी आयात खुलाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै ५० हजार डलरभन्दा धेरै मूल्यको गाडी भित्र्याउन लगाइएको रोक पूर्णरुपमा नहटे पनि सर्तसहित भित्र्याउन पाइने भएको छ ।

अब विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त अन्तर्राष्ट्रिय सङ्घ संस्था र ती कार्यालयमा काम गर्ने कुटनीतिक सुविधा पाएका कर्मचारीले निजी सुविधाको लागि ५० हजार डलरभन्दा धेरै मूल्यका गाडी आयात गर्न पाउने छन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

2 Comments

  • SUSHIL

    Oct. 27, 2020, 12:56 p.m.

    वाह सरकार सलाम गर्न मनलाग्यो / नेपालको एकमाने अल्कोहलचाहिं पुलिस लगाएर फाल्ने अनि विदेशवाट आयात गर्ने , वाह ! अनि हुन्छ समृद्ध देश , सुखी नेपाली /

  •  0 Reply
  • Chandra Rai

    Oct. 12, 2020, 1:24 a.m.

    स्वदेशमा त्यो पनि स्थानीय तहमा परम्परागत र साँस्कृतिक रुपमा उत्पादन हुने मदिरालाई गैर कानुनी भन्दै सरकार जफत गर्न र नास गर्न उद्दत छ। तर बिदेशी रक्सी महगो र डलरमा किन्न सहमत छ : खोई राष्ट्रबादी र समृद्दिको सोच?

  •  0 Reply

तपाईको प्रतिक्रिया