शेयर बजार : नेप्से सामान्य अङ्कले बढ्याे, झण्डै २ अर्बको कारोबार

 असोज २६, २०७७ सोमबार १६:५८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेप्से परिसूचक साेमबार सामान्य बढेको छ । आइतबार १३ दशमलव ३७ अङ्कले घटेको नेप्से साेमबार १ दशमलव ७४ अङ्कले बढेर १५ सय ७८ अङ्कमा पुगेकाे नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

यस्तै 'क' वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३७ अङ्कले बढेको छ । साेमबार सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ७९ दशमलव १२ अङ्कले बढेको छ । बैंक, व्यापार, होटल र माइक्रोफाइनान्स समूहमा पनि सुधार आएको छ ।

दिनभर एक अर्ब ९४ करोड ९० लाख रुपैयाँ बराबरका ६८ लाख १५ हजार कित्ता शेयर किनबेच भएका छन् । साेमबार मुक्तिनाथ विकास बैंक लिमिटेडको सबैभन्दा धेरै १६ करोड ५० लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।

बजार सामान्य बढेको दिन मुक्तिनाथ विकास बैंक लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले भने ६ प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया