५० कराेड रुपैयाँ बराबरकाे जग्गा किर्ते गरेर ठगी गरेकाे आराेपमा एक जना पक्राउ

 असोज २६, २०७७ सोमबार १८:२५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ५० करोड रुपैयाँ बराबरको जग्गा किर्ते गरेर ठगी गरेको आरोपमा केवलप्रताप जङ्गबहादुर राणा पक्राउ परेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिकामा कमलादेवी राजभण्डारीको नाममा रहेको कित्ता नम्बर ३, ७१, १४३, १८६ गरी जम्मा पाँच कठ्ठा, पन्ध्र धुर, नौ कन्वा किर्ते कागजात बनाइ आफ्नो नाममा गरी अर्कै व्यक्तिलाई बेच्नका लागि ५० लाख रूपैयाँ बैनासमेत लिइसकेका राणालाई काठमाण्डाै महानगरपालिका ७ रातोपुलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार उनले जग्गा किर्ते गरेर ठगी गर्न नागरिकताको प्रमाणपत्रमा समेत किर्ते गरेकाे प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले बताउनुभयो । राणा ललितपुर महानगरपालिका १३ कुसुन्तीका बासिन्दा हुन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया