बैंकिङ कसुर मुद्दामा ३४ लाख रुपैयाँ जरिबाना ठहर भएपछि भाग्दै हिँडेका व्यक्ति पक्राउ

 असोज २६, २०७७ सोमबार १८:१०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बैंकिङ कसुर मुद्दामा कैद र जरिबाना ठहर भएपछि भागिरहेका गोरखाको गोरखा नगरपालिका ६ का राजेशबाबु श्रेष्ठ पक्राउ परेका छन् । उनलाई चितवनबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

उच्च अदालत पाटनले गएको जेठ ३० गते श्रेष्ठलाई १५ दिन कैद र ३४ लाख रुपैयाँ जरिबाना ठहर गरेको थियो ।

२०७५ सालमा आफ्नो खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै दीपा थपलियालाई विभिन्न बैंकहरुको चेक काटेर दिएर झुक्याएर उनले बैंकिङ कसुर गरेको प्रहरीले जनाएको छ । उनलाई फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा पेस गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया