जहाज थपेर निगमलाई नाफामा लैजानुपर्छ : महाप्रबन्धक पौडेल

 असोज २६, २०७७ सोमबार १८:३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल वायु सेवा निगमका नवनियुक्त महाप्रबन्धक डिमप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ ।  उहाँलाई नेपाल सरकारले चार वर्षको लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको छ ।

चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञ रहनुभएका पौडेल यसअघि निगम सञ्चालक समितिको सदस्य हुनुहुन्थ्यो । पदभार ग्रहण कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले निगमले व्यवस्थापन विज्ञ र युवा महाप्रबन्धक पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

घिमिरेले कोरोना महामारीको अवस्थामा पनि निगमले उल्लेखनीय सेवा प्रदान गर्दै आएकोमा प्रसन्नता व्यक्त गर्दै पारस्परिक सल्लाह र समझदारीको आधारमा नयाँ महाप्रबन्धकको नियुक्ति भएकोले मिलेर काम गर्ने विश्वास दिलाउनुभयो । 

नव नियुक्त महाप्रबन्धक डिमप्रसाद पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भए पनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले निगमलाई गतिशील बनाउन एक्लो प्रयास पर्याप्त नहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षा गर्दै निगममा विमान थप गरी सञ्चालन मुनाफाको प्रत्याभूति गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले परम्परागत शैलीमा काम गरेर अपेक्षित उपलब्धि हासिल गर्न नसकिने उल्लेख गर्दै फरक ढङ्गले सिर्जनात्मक काम गर्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक १२, २०७७

1 Comments

  • sushil

    Oct. 27, 2020, 12:53 p.m.

    खोइ मलाई त विश्वास लागेन प्रभु ....नेपाल एयरलाइन्स नाफामा लाने भनेर चीनवाट वाइ १२ एयरक्राफ्ट ल्याएको होइन ..उडान कम ग्राउन्डेड धेरै हुन्छ , अनि जान्छ त नाफामा / मन्त्रीज्यू हाम्रो मान्छे राखेपनि राम्रो राख्नु होस् , किनेको जहाज पहिले राम्रोसँग चलाउनुस अनि बल्ल किनौ ल / कति कमिसनको पिछा परेको ? कहिलेकाहीँ त देशको लागि सोचौं न ..के फरक पर्ला ....

  •  0 Reply

तपाईको प्रतिक्रिया