रुग्ण आयोजनाबाट हर्जना नलिन विद्युत् प्राधिकरणलाई विद्युत् नियमन आयोगको निर्देशन

 असोज २७, २०७७ मंगलबार ९:२०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डौ -  विद्युत् नियमन आयोगले १० मेगावाट वा त्यो भन्दा कम क्षमताका आयोजनालाई कुनै पनि हर्जना नलिन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । 

आयोगले पत्र लेखेर रुग्ण अवस्थामा रहेका र १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनालाई हर्जना नलिन प्राधिकरणलाई निर्देशन दिएको हो । विद्युत खरिद बिक्री तथा अनुमतिप्राप्त कम्पनीले पालना गर्नुपर्ने शर्तसम्बन्धी विनियमावली, २०७६ अनुसार भएको व्यवस्थाको कार्यान्वयन नभएको उल्लेख गर्दै आयोगले ध्यानाकर्षण गराएको हो ।

आयोगले प्राधिकरणलाई विनियमावलीमा भएको व्यवस्थाको वस्तुनिष्ठ कार्यान्वयन गर्न भनेको छ । आयोगले निर्देशन जारी भएको मितिदेखि अहिलेसम्म प्राधिकरणले रुग्ण घोषित गरेका नदी प्रवाही र अर्थजलाशय आयोजनाबाट हर्जना लिएको भएमा प्रवर्द्धकलाई आउँदाे महिना पाउने बिलमा मिलान गर्न समेत निर्देशन दिएको सचिव नुतनप्रकाश शर्माले जानकारी दिनुभयो ।

यस्तै प्रकोपले उत्पन्न भएको परिस्थितिका कारण प्रसारण लाइन वा सबस्टेशनमा क्षति पुग्न गइ प्राधिकरणले विद्युत् खरिद गर्न नसकेको अवस्थामा पनि निजी ऊर्जा उत्पादकले क्षतिपूर्ति माग गर्न नपाउने पत्रमा उल्लेख गरिएको छ ।

कुल ७१ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना विभिन्न कारणले रुग्ण बनेको भन्दै प्रवर्द्धकले सरकारसँग राहत माग गर्दै आएका छन् । उनीहरुले उत्पादित विद्युतले खर्च धान्न समेत नसकेको दाबी गर्दै आएका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया