सुनचाँदीको भाउ घट्यो

 असोज २८, २०७७ बुधबार ११:६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा ५ सय रुपैयाँ नै घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय ५ रुपैयाँमा झरेको छ । हिजो पनि चाँदी तोलामा २० रुपैयाँ नै घटेर तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा अस्थिरता आएकाले सुनचाँदीको भाउ घटबढ भैरहेको महासंघ अन्तर्गतको भाउ निर्धारण समिति संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया