हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
कैलाली – धनगढीमा खाना पकाउने एलपी ग्यासको सिलिण्डर पड्किँदा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका ८ का हरिलाल विष्टको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा उहाँसहित उहाँकी श्रीमती ६५ वर्षीयाया विमला विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टले जानकारी दिनुभयो ।
घाइते सबैको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । ग्यास लिक भएर सिलिण्डर पड्किएको हुन सक्ने प्रहरीको अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।