पछिल्लाे २४ घण्टामा २ हजार ६३८ सङ्क्रमित थपिए, डिस्चार्ज हुनेकाे सङ्ख्या ८० हजार नाघ्याे

 असोज २८, २०७७ बुधबार १६:२७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार नाै सय ९६ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार दुई हजार ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

पछिल्लाे २४ घण्टामा १३ हजार नाै सय ४७ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा दुई हजार एक सय ७४ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ८० हजार नाै सय ५४ पुगेको छ ।  

अब नेपालमा ३६ हजार तीन सय ६७ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार ६ सय ६६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ७५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया