काठमाण्डाैमा ९९६ सहित उपत्यकामा थप १४०३ जनामा काेराेना सङ्क्रमण

 असोज २८, २०७७ बुधबार १६:४२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएकाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा एक हजार चार सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार काठमाण्डाैमा नाै सय ९६ जना, भक्तपुरमा एक सय दुई जना र ललितपुरमा तीन सय पाँच जनामा सङ्क्रमण देखिएकाे हाे । 

यसैबीच पछिल्लाे २४ घण्टामा देशैभर दुई हजार ६ सय ३८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख १७ हजार नाै सय ९६ पुगेकाे छ । 

त्यस्तै बुधबार दुई हजार एक सय ७४ जना डिस्चार्ज भएर घर फर्किएसँगै अब आइसाेलेशनमा रहने सक्रिय सङ्क्रमितकाे सङ्ख्या ३६ हजार तीन सय ६७ रहेकाे छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया