बूढीगण्डकी परियाेजनामा ओली र प्रचण्डले घुस लिएकाे प्रमाण देखाउन बाबुरामलाई नेकपाकाे चुनाैती

 असोज २८, २०७७ बुधबार १७:३४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बूढीगण्डकी जलविद्युत् आयोजनामा घुस लिएको प्रमाण पेस गर्न चुनौती दिएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार विज्ञप्ति निकालेर डा. बाबुराम भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको भन्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको प्रमाण पेस गर्न चुनौती दिनुभएको हो ।

विज्ञप्तिमा श्रेष्ठले भट्टराईको अभिव्यक्ति आधारहीन, झुट, गलत, कपोलकल्पित एवं दूराशयपूर्ण रहेको दाबी गर्नुभएको छ । विज्ञप्तिमा बूढीगण्डकी आयोजनामा घुस लिएको कुनै प्रमाण भए राज्यको आधिकारिक निकायमा पेस गर्न भनिएको छ ।

केही दिनअघि गोरखामा डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले बूढीगण्डकी परियाेजनामा नाै अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताउनुभएको थियो । डा. भट्टराईकाे भनाइ भ्रामक भएको भन्दै नेपाली कांग्रेसले यसअघि नै विज्ञप्ति निकालेर विरोध जनाइसकेको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया