सह-सचिव र उप-सचिवसहित ६ सय ३८ पदको लागि विज्ञापन खुल्यो

 असोज २९, २०७७ बिहीबार ८:३५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लोकसेवा आयोगले ६ सय ३८ पदको लागि आवेदन मागेको छ ।

आयोगले राजपत्रांकित प्रथम श्रेणी सह-सचिव र द्वितीय श्रेणी उप-सचिव पदको रिक्त स्थान पूर्तिका लागि आवेदन मागेको हो । निजामती, संसद् र स्वास्थ्यमा गरेर सह-सचिव १ सय ८२ तथा उप-सचिव ४ सय ५६ पदका लागि विज्ञापन खुलेको हो ।

आयोगका अनुसार उप-सचिवमा बढुवा तीन सय ८४ र खुल्ला ७२ जना गरी जम्मा चार सय ५६ जना मागिएको छ । जसमध्ये निजामतीतर्फ बढुवा दुई सय ६६ र खुला २७ जना गरी दुई सय ९३ जना माग गरिएको छ ।

संसदतर्फ १६ बढुवा र दुई खुला गरी १८ जना मागिएको छ भने स्वास्थ्यतर्फ बढुवा एक सय दुई जना र ४३ जना खुल्ला गरी एक सय ४५ जना मागिएको छ । त्यसैगरी सह-सचिवतर्फ एक सय ६३ जना बढुवा र १९ जना खुल्लातर्फ गरी जम्मा एक सय ८२ पदमा आवेदन मागिएको हो ।

जसमध्ये निजामतीतर्फ बढुवा ९५ जना र खुला १० जना, संसदतर्फ बढुवा ३ जना र स्वास्थ्यतर्फ ६५ जना बढुवा र ९ जना खुला गरी ७४ पदमा विज्ञापन खुलेको छ । निजामती सेवा, सङ्घीय संसद् सेवा तथा स्वास्थ्य सेवातर्फ गरी खुलेको विज्ञापनमा योग्यता पुगेका उम्मेदवारहरूले कात्तिक १८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कोभिड-१९ सङ्क्रमण बढ्दै गएका बेला आयोगले वार्षिक कार्यतालिकाअनुसार परीक्षाको तयारी थालेको जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम भएकाले स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा लिने आयोगको तयारी छ ।

गएको चैतदेखि रोकिएको परीक्षाको लागि आयोगले यसअघि नै नयाँ तालिका सार्वजनिक गरिसकेको छ । कोरोना सङ्क्रमित परीक्षामा बस्न नपाउने गरी आयोगले मापदण्ड तयार पारेको छ । 

 

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया