हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - बहराइनका राजकुमार नासिर विन हमदसहितको टोलीले मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरेको छ । राजकुमारसहितको टोलीले बिहीबार बिहान हिमाल आरोहण गरेको सेभेन समिट ट्रेक प्रालिले जनाएको छ । सेभेन समिट ट्रेक प्रालिले आरोहणको व्यवस्थापन गरेको छ ।
८ हजार १५६ मिटरको मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । बहराइन राजकुमार हमदले टोलीले असोज १७ गते ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमालको पनि आरोहण गरेको थियो ।
सेभेटन समिट ट्रेकका अनुसार यो टोलीले आउँदो वसन्तमा सगरमाथा आरोहणको पूर्व तयारीमासमेत गरिरहेको छ ।
15 Oct 2020!
Huge congratulation 🎊🎉 to the team of 🇧🇭 @BahrainEverest (the royal guard of Bahrain), team successfully climbed 🏔Mt. Manaslu 8163m this morning starting from 6:10Am. Earlier team climbed Lobuche Peak 🏔on 3rd October 2020. #bahrain #nepal #manaslu #sst @NBH_MO pic.twitter.com/QK1iN3xwxT
— Seven Summit Treks 🇳🇵 (@sst8848) October 15, 2020
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।