राज्यमन्त्रीसँग मिलेर परिणाम देखिने गरी काम गर्छु : मन्त्री श्रेष्ठ

 असोज २९, २०७७ बिहिबार १५:५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो । मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहनुभएका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उहाँले बताउनुभयो ।

जस्तोसुकै चुनौती आए पनि दुवै जनाको संयुक्त प्रयासले चिर्ने प्रयास गर्ने श्रेष्ठको भनाइ छ । प्रतिकुलतासँग झस्केर बर्बाद भयो भनेर कहिले पनि निराश नबन्ने उल्लेख गर्दै उहाँले प्रतिकूलताभित्र अनुकूलता सिर्जना गरिने कामको परिणाममा आफूले विश्वास गर्ने उहाँले बताउनुभयो । उहाँले कुरा भन्दा पनि काम र परिणामलाई विश्वास दिने पनि बताउनुभयो । 

श्रेष्ठले बिहीबार बिहान पद तथा गोपनीयताको सपथ लिनुभएको थियो । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट श्रेष्ठसँगै विष्णु पौडेल र लीलानाथ श्रेष्ठले पनि पद तथा गोपनीयताको सपथ लिनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया