बाङ्गाे टिङ्गाे सुझाव दिनेलाई कारबाही गर्छु : सञ्चारमन्त्री गुरुङ

 असोज २९, २०७७ बिहिबार १५:१४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्ने व्यवस्था मिलाउने बताउनुभएको छ । 

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनै पनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताउनुभएको हो । 
कुनै पनि मन्त्रालयमा गलत कुराहरु छन् भने पनि त्यसको अनुसन्धान गरेर बाहिर ल्याउनका लागि मन्त्रालयले आफ्नो काम गर्ने समेत उहाँले बताउनुभयो । 

यस्तै मन्त्री गुरुङले आफूलाई सञ्चार क्षेत्र बुझेको छैन भनेर गलत सुझाव दिनेमाथि कारबाही गरिने पनि बताउनुभयो । कसैले पनि बाङ्गो टिङ्गो बाटोबाट सुझाव दिए आफूले छिटो बुझ्ने प्रयत्न गर्ने र त्यस्ता व्यक्तिसँग सम्बन्ध कायम नगर्ने प्रतिबद्धतासमेत मन्त्री गुरुङले व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रीमण्डल पुनर्गठन गरेपछि महिला तथा समाजिक मन्त्री रहनुभएका मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । जिम्मेवारी पाएसँगै उहाँले बिहीबार अपराह्न मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।  

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया