हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
झापा – झापाको कन्काई नगरपालिका ३ एकान्त टोलमा बाँसघारी झ्याङ छ, नजिकै सुरुङखोला पनि छ । बाँसघारी झ्याङ र सुरुङखोलाको बीचमा पूर्व–पश्चिम भएको भित्री गोरेटो बाटो छ । असोज २८ गते बुधबार बिहान ६ बजेको थियो । त्यही गोरेटो बाटोमा स्थानीय अभिषेक चौधरी र उनका साथीहरुबीच भेट भयो । सबै साथी केही समय हाँसोमजाक पनि गरे । उनीहरु हाँसो मजाक गर्दै गर्दा गाँजा ल्याएर खाने निर्णयमा पुगे । सल्लाहअनुसार अभिषेक चौधरीले टल्के भनेर चिनिने रविन राजवंशीलाई एक सय रुपैयाँ दिएर गाँजा ल्याउन अह्राए ।
साथीहरुको आग्रह स्वीकार गर्दै रविन गाँजा लिन जान तयार भए । उनले आफूले ल्याएको गाँजा सबै मिलेर खाऔँ भनेर आग्रह गरे । तर चौधरीसहित उनका साथीहरुले राजवंशीलाई गाँजा दिएनन् । उल्टै जिस्क्याउन थाले । सबैले कान तानातान गर्दै गालीगलौजसमेत गर्न थाले । साथीहरुको व्यवहार रविनलाई सह्य भइरहेको थिएन । यत्तिकैमा गाँजा ल्याउन लगाउने चौधरीले भने, ‘तँलाई दिन्न के गर्छस् !’ जिल्ला प्रहरी कार्यलय झापाका अनुसार अभिषेकले रविनलाई त्यतिमात्रै भनेनन्, विभिन्न अपशब्द बोल्दै गालीगलौज गरे ।
रविनले साथीहरुको अपमान सहन सकेनन् । साथीहरुलाई छाडेर आफ्नो घरतर्फ गए । रविनको घरमा दाउराको थाकमा एउटा धारिलो बन्चरो राखिएको थियो । त्यही बन्चरोले अभिषेकको हत्या गर्ने उनले योजना बनाए । दाउराको थाकमा रहेको बन्चरो निकाले । अनि सुरुङ खोलाको पुलतिर लागे ।
पुल नजिकै रविनले अभिषेकको बाटो ढुकेर बसे । बुधबार बेलुकी साढे ६ बजेतिर अभिषेक मोबाइलको बत्ती बाल्दै आएको रविनले देखे । अभिषेकलाई देख्नेबित्तिकै रविन उनको पछि लाग्न थाले । अलिक पर पुगेपछि अभिषेक हातमा केही खानेकुरा लिँदै भुइँमा बसे । त्यही मौका पारेर रविनले पछाडिबाट बन्चरोले हानेर अभिषेकको हत्या गरे ।
प्रहरीका अनुसार अभिषेकको शवलाई घरको पछाडि रहेको दाउराको थाक छेउमा रहेको झ्याङमा लुकाएर रविन भागेका थिए । उनी घटना भएको केहीबेरमै बुधबार बेलुकी ७ बजेर ४५ मिनेटमा कन्काई नगरपालिका ७ त्रिवेणी विकास टोलबाट पक्राउ परे । घटनामा संलग्न रविन र अरु साथीहरुमाथि पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।