अर्थमन्त्री विष्णु पाैडेलद्वारा पदभार ग्रहण

 असोज २९, २०७७ बिहिबार १६:१७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बिहीबार अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

बिहीबार शीतल निवास राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै मन्त्री पाैडेलले मन्त्रालय पुगेर पदभार सम्हाल्नुभएको हो ।

मन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले अर्थमन्त्री नियुक्त गर्नुभएको थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिवसमेत रहनुभएका पौडेल अर्थमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएको हो ।

यसअघि भूकम्प, मधेश आन्दोलन र भारतको नाकाबन्दीका कारण धरासायी भएको बेला (२०७२ कात्तिक १९ गते ) मा अर्थतन्त्रको बागडोर सम्हाल्नुभएको थियो । अहिले पनि कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भीर असर परेको अवस्थामा फेरि अर्थमन्त्रीको बागडोर सम्हाल्ने जिम्मेवारीमा पौडेल आइपुग्नुभएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया