राप्रपा अध्यक्ष थापालाई काेराेना सङ्क्रमण

 असोज २९, २०७७ बिहिबार २०:२९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

बिहीबार साँझ ट्वीट गर्दै अध्यक्ष थापाले आफूलाई काेराेना सङ्क्रमण पुष्टि भएकाे उहाँले जानकारी दिनुभएकाे हाे । काेराेना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा बुधबार सामान्य टाउकाे दुखेकाे र काेराेना परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ देखिएकाे उहाँले बताउनुभएकाे छ । 

साथै उहाँले आफूसँग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहन अनुराेध गर्नुभएकाे छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया