हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान जोगाउन प्रतिबन्ध लगाउन अपरिहार्य रहेको बताएको छ ।
यूरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै डब्ल्यूएचओले यसबाट बच्न नयाँ निर्देशिका पालना गर्नुपर्नेमा जोड दिएको हो । उसले युरोपमा अब दैनिक एक हजारभन्दा धेरैले ज्यान गुमाउने चेतावनी पनि दिएको बीबीसीले जनाएको छ । गएको २४ घण्टामा फ्रान्समा ३० हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् ।
यसअघि बुधबार साढे २२ हजार सङ्क्रमित थपिएका थिए । कोरोना सङ्क्रमितको संख्या बढेसँगै फ्रान्स सरकारले भोलिदेखि लागू हुनेगरी राजधानी पेरिससहित ९ सहरमा रात्रिकालिन कर्फ्यु लगाउने निर्णय गरिसकेको छ ।
यस्तै बेलायतमा पनि सामाजिक कार्यक्रम गर्न रोक लगाइएको छ । फ्रान्स, इटली, पोल्याण्ड र जर्मनीलगायतका देशमा परीक्षणको दायरा बढाइएसँगै सङ्क्रमितको संख्या पनि ह्वात्तै बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।