हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ - सबै जिल्लामा कोरोनाको सङ्क्रमण पुगेको छ । ११ जिल्लामा ५ सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाण्डौमा मात्रै १५ हजार ९ सय सक्रिय सङ्क्रमित छन्। ललितपुरमा २ हजार ५ सय ४० र भक्तपुरमा १ हजार ३ सय ८६ जना सङ्क्रमित छन् । मोरङ, सुनसरी, चितवन, मकवानपुर, दाङ, बाँके, रुपन्देही र सुर्खेतमा सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा धेरै छ ।
बिहीबार ३ हजार ७ सय ४९ जना कोरोना सङ्क्रमित पुष्टि भएका छन् । योसँगै कुल सङ्क्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । बिहीबार ३ हजार ५ सय ६४ जना सङ्क्रमणमुक्त भएका छन् ।योसँगै सङ्क्रमणमुक्त हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ । बिहीबार देशभर ३६ हजार ५ सय ३३ जना सक्रिय सङ्क्रमित रहेका छन्।
शुक्रबार थप १९ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित नेपालमा सङ्क्रमितको मृत्यु संख्या ६ सय ९४ पुगेको छ । संस्थागत आइसोलेशनमा १२ हजार ३३९ जना र होम आइसोलेशनमा २४ हजार १९४ जना छन्। काठमाण्डौ उपत्यकामा बिहीबार थप १ हजार ९ सय ३४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
तस्बिर स्राेत : स्वास्थ्य मन्त्रालय
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।